विश्व मिर्गौला दिवसमा विराटनगरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम सम्पन्न

<span class='c1'>विश्व मिर्गौला दिवसमा विराटनगरमा ‘वाकाथन</span> <span class='c2'>फर किड्नी हेल्थ’ कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगरमा विश्व मिर्गौला दिवस २०८२ को अवसरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम आयोजना गरिएको छ। मिर्गौला स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विराटनगरको महेन्द्र चौक मा सुरु भएको कार्यक्रम कोशी अस्पतालमा सम्मपन गरिएको थियो ।

कार्यक्रम नोबेल मेडिकल कलेज प्रशिक्षण अस्पताल र नोबेल क्यान्सर अस्पताल को सहकार्यमा आयोजित गरिएको हो। अस्पतालको नेफ्रोलोजी विभागको आयोजनामा सम्पन्न उक्त वाकाथनमा स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।


कार्यक्रममार्फत मिर्गौला रोगको जोखिम, यसको रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराएको डा .रमेश कुमार चौरसीयाले बताएका छन्।
पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनका कारण मिर्गौला सम्बन्धी रोग बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्नेमा जोड दिइएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले सर्वसाधारणमा स्वास्थ्यप्रति सकारात्मक सन्देश फैलाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्