मोरङमा फागुन २१ गते निर्वाचन प्रहरीको महत्वपुर्ण भुमिका, विदाई भए ४ हजार बढी निर्वाचन प्रहरी

<span class='c1'>मोरङमा फागुन २१ गते निर्वाचन प्रहरीको महत्वपुर्ण भुमिका,</span> <span class='c2'>विदाई भए ४ हजार बढी निर्वाचन प्रहरी</span>

विराटनगर । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा थप सुरक्षा बल अन्तर्गत खटाईएका निर्वाचन प्रहरीको महत्वपुणर््ा भुमिका रहेको सुरक्षा निकायका प्रमुखहरुले प्रसंशा गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार मोरङका १४ सस्थानबाट निर्वाचन प्रहरीको बिदाई समारोह गर्ने क्रममा निर्वाचन प्रहरीको महत्वपुर्ण भुमिका रहेको सुरक्षा निकायका प्रमुखहरुले उल्लेख गरेका थिए ।


विदाई समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको योगदान प्रशंसनीय रहेको बताउनुभयो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका खेलेको समेत उहाँले बताउनुभयो ।
कट्टेलले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन निर्वाचनको सुरक्षा अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले निर्वाचन अवधिभर खटिएका प्रहरी कर्मचारीले जिम्मेवारी, अनुशासन र पेशागत दक्षता प्रदर्शन गर्दै नागरिकमा सुरक्षा र विश्वासको वातावरण कायम गरेको बताउनुभयो ।


कट्टेलले भन्नुभयो, निर्वाचनका क्रममा देखिएको समन्वय र सक्रियताले भविष्यमा पनि यस्ता जिम्मेवारी सफलतापूर्वक पूरा गर्न प्रेरणा दिनेछ । कार्यक्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि राष्ट्र र नागरिकको सुरक्षामा समर्पित भएर काम गर्न आग्रह गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि माघ १८ गते नियुक्ति पत्र दिएका ४ हजार ३ सय ८३ निर्वाचन प्रहरीलाई मोरङ जिल्लाको विभिन्न स्थानबाट बिदाई गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङले नियुक्त गरेका ३ हजार १ सय २६ पुरुष र १ हजार २ सय ५७ महिला गरी ४ हजार ३ सय ८३ मध्ये १९ जना निर्वाचन प्रहरी बिचमै जागिर छोडेका थिए ।


विदाई कार्यक्रममा थलाह व्यारेकका नेपाली सेनाका प्रमुख सेनानी अनिल बस्नेत,मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटा लगायतको उपस्थिति रहेको थियो । ४० दिन खटिएका निर्वाचन प्रहरीलाई प्रमाण पत्र र अभिर लगाएर विदाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्