विराटनगरमा रिक्सामै भारतीय नागरिक मृ*त फेला

<span class='c1'>विराटनगरमा रिक्सामै भारतीय</span> <span class='c2'>नागरिक मृ*त फेला</span>

विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीस्थित दुर्गा मन्दिर अगाडि शुक्रबार एक भारतीय नागरिक रिक्सामै मृत अवस्थामा फेला परेका छन्।

दैनिक रिक्सा चलाएर मजदुरी गर्न भारतबाट विराटनगर आउने उनी दिनभरि रिक्सा चलाएर बेलुका घर फर्किने गरेका थिए। शुक्रबार पनि उनी बिहानै रिक्सासहित कामका लागि विराटनगर आएका थिए। तर साँझतिर रानी क्षेत्रमा बाटो छेउमा रोकेर राखिएको आफ्नै रिक्सामाथि उनी मृत अवस्थामा फेला परेका हुन्।

रानी–जोगबनी सीमाबाट दैनिक सयौँ रिक्साचालकहरू सवारी बोकेर आवत–जावत गर्ने गर्दछन्। सोही क्रममा उनी पनि कामका लागि नेपाल आउने गरेका थिए।

मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा मृतक भारतीय नागरिक रहेको जनाएको छ। प्रहरीका अनुसार उनी मुटु सम्बन्धी रोगबाट पीडित रहेको बुझिएको छ।

प्रहरीले शवको आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्