मोरङमा निःशुल्क प्राथमिक आँखा उपचार शिविर सम्पन्न, २८३ जनाको परीक्षण

<span class='c1'>मोरङमा निःशुल्क प्राथमिक आँखा उपचार</span> <span class='c2'>शिविर सम्पन्न, २८३ जनाको परीक्षण</span>

मोरङ । भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा श्री जनता बाल आधारभूत विद्यालयमा आयोजित निःशुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा ४ वर्षदेखि १७ वर्षसम्मका बालबालिका तथा शिक्षक–शिक्षिका गरी कुल २८३ जनाको विस्तृत आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा धेरै बालबालिकामा विभिन्न प्रकारका आँखा सम्बन्धी समस्या देखिएको स्वास्थ्य टोलीले जानकारी दिएको छ। जसमा एलर्जिक कन्जक्टिभाइटिस , डर्मोइड सिस्ट, भर्नल केराटोकन्जक्टिभाइटिस, जेरोफ्थाल्मिया (भिटामिन ‘ए’ को कमी), मायोपिया , एस्टिग्माटिज्म , कन्भरजेन्स इन्सफिसिएन्सी , बाइनोकुलर भिजन डिसअर्डर , स्क्विन्ट/स्ट्राबिस्मस तथा ग्लुकोमा शंकास्पद समस्या देखिएका थिए।

शिविरमा सहभागी बालबालिकालाई प्राथमिक उपचारका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। आँखा परीक्षण तथा स्वास्थ्य सेवाको नेतृत्व कन्सल्टेन्ट अप्टोमेट्रिस्ट नेहा कर्णले गरेकी थिइन्। स्वास्थ्य टोलीमा अप्टोमेट्रिस्ट प्रिया मण्डल, निशा देओ, प्रवेश यादव र अम्बिका यादव सहभागी थिए।

भिजन फर चिल्ड्रेन फाउन्डेसन (VFCF) कार्यालयकी संयोजक सीमा कर्णले शिविरको समन्वय गरेकी थिइन्। उनको टोलीले बालबालिकाको दृष्टि संरक्षणका लागि आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।

कार्यक्रमलाई सफल बनाउन बिराट अप्टिकल एन्ड आई केयर सोलुसनले सहयोग गरेको थियो। साथै विराटनगर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सूर्य नारायण महतो तथा विद्यालयका प्रधानाध्यापक राजेश प्रसाद यादवले सहकार्य गरेका थिए।

भिजन फर चिल्ड्रेन फाउन्डेसनले आगामी दिनमा पनि विद्यालय तथा समुदाय स्तरमा यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्