विराटनगरका डान्सबार र स्पामा उतिकै मनोरञ्जन, कर बुझाउन भने गाह्रो

<span class='c1'>विराटनगरका डान्सबार र स्पामा उतिकै</span> <span class='c2'>मनोरञ्जन, कर बुझाउन भने गाह्रो</span>

विराटनगर । विराटनगरमा दुईवटा क्यासिनो छन् । च्याम्पियन र गोल्डेन । यी क्यासिनो भारतीय पर्यटकलाई लक्षित गर्दै खुलेको भनिएपनि नेपालीको थामिनसक्नु प्रवेश हुने गरेको दावी छ । एकाध स्थानीय प्रशासनले छापा हान्छ, सञ्चालकसहित नेपाली पक्राउ गर्छ । छोड्छ तर फेरी उहि रफ्तारमा चल्छ । यो त क्यासिनोको कथा हो । तर, विराटनगरमा क्यासिनो बाहेक पनि भारतीय पर्यटक अलमलिने क्षेत्र भने डान्सबार र स्पा तथा मसाज सेन्टर बनेको छ । सीमापार भारतका पर्यटकको रोजाई डान्सबार, स्पा तथा मसाज सेन्टर र क्यासिनो पर्दछन् । पहिले रेष्टु–राँमा केन्द्रीत हुने भारतीय पर्यटक क्रमशः डान्सबास, स्पा तथा मसाज सेन्टरमा बाँडिन थालेका हुन् ।

भर्खरै स्पा तथा सलुन सञ्चालनमा ल्याएकी सविता थापाले भारतीय नागरिकहरु सेवा लिन पुग्ने गरेपनि अहिलेसम्म प्रवेश दिन नसकेको बताउँछिन् । उनले सेवा लिन आउनेहरुले राख्ने चासोले नै आफुले प्रवेश दिने की नदिने निर्णय गर्ने गरेको सुनाइन् । तर, सबै स्पा तथा मसाज सेन्टरले यसो गरिरहेका छैनन् ।
स्पा तथा मसाज स्वास्थ्यसँग सम्बन्धित विषय हो । तर, विराटनगरमा रात्रीकालिन व्यवसायमा समेत स्पा अहिले संलग्न भइरहेको भन्दै यो क्षेत्रको आलोचना बढेको छ । यद्यपी भारतीय नागरिकलाई नेपालमा अवसर सिर्जना गर्नेमा यो एउटा भिन्न क्षेत्र बन्दै गएकोमा खुशी व्यक्त गर्नुपर्ने बुझाई छ । स्थानीय प्रशासनले रात्रीकालिन होटल व्यवसाय सञ्चालनमा सहजीकरण गरेपछि भारतबाट साँझपख विराटनगर भित्रने पर्यटकको संख्या उल्लेख्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । यसरी भित्रिएका पर्यटकलाई ध्यानमा राखेर यहाँका डान्सबार र स्पा तथा मसाज सेन्टरमा लगानी समेत बढाइएको छ ।

भारतको बिहारमा मदिरामा कडाई गरेपछि त्यसको लाभ सीमा नजिक रहेको नेपालको सहरले लिइरहेको हो । तर, स्तरअनुसारका भारतीय पर्यटकले आफ्नो रोजाईमा डान्सबार, स्पा तथा क्यासिनो छान्ने गरेका हुन् । विराटनगरमा पछिल्लो तीनवर्षयता मात्रै स्पा तथा मसाज सेन्टरको संख्या २३ वटा पुगेको छ । स्पा व्यवसायी संघका संयोजक फिरोज खानले अहिले भारतीय र नेपाली ग्राहकको संख्या हाराहारीले सेवा लिने गरेको जानकारी दिएका छन् । नेपाली भन्दा भारतीय सेवाग्राहीबाट बढी लाभ लिन सकिएको छ । ‘शनिबार नेपाली ६० प्रतिशत हुन्छन्, आइतबार भारतीय ७५ प्रतिशत आइपुग्छन्’ संयोजक खानले भने, हामीले लाभ लिने हो ।

यसैगरी पहिले डान्सबारमा पनि उतिकै रुपमा भारतीय पर्यटक पुग्ने गरेका छन् । रात्रीकालिन होटल व्यवसायी समन्वय संघ अन्तर्गत डान्सबार सञ्चालक समेत यसमा आवद्ध रहेका छन् । संयोजक सुरज श्रेष्ठका अनुसार डान्सबारमा दैनिक ८० प्रतिशत सेवाग्राही भारतीय नै हुने गरेका छन् । श्रेष्ठको अनुभवमा पहिले डान्सबारमा मात्रै रहने भारतीयहरु अहिले स्पामा समेत बाँडिएका हुन् । डान्सबार साँझ ७ बजेदेखि खुल्छन् । त्यो भन्दा अगाडी नै विराटनगरका रेष्टु–राँमा समेत उनीहरुले समय व्यतित गर्ने गरेको उनी सुनाउँछन् । त्यसपछि डान्सबार अनि स्पा अनि क्यासिनो पुग्नेपनि छन् ।

रात्रीकालिन होटल व्यवसाय सञ्चालनमा आएपछि तुलानात्मक रुपमा लाभ होटल व्यवसायी क्षेत्रमा संलग्नहरुले नै लिइरहेका छन् । लाभ हुनसक्ने क्षेत्रमा क्रमशः लगानी गर्नेहरुको संख्या पनि उतिकै छ । तर, स्पा तथा मसाज सेन्टर स्वास्थ्यका हिसाबले सञ्चालन भएका भएपनि यसमा रात्रीकालिन सेवा दिएर मनोरञ्जनको क्षेत्रमा रुपान्तरण भइरहेको विषयले भने आशंका सिर्जना गरेको छ ।
स्थानीय सरकारमा व्यवसाय दर्ता, आन्तरिक राजस्व कार्यालयमा कर दर्ता, प्रदेश सरकारमा मनोरञ्जन कर र विज्ञापन कर बुझाउनु पर्ने हुन्छ । तर, अहिलेसम्म स्पा सञ्चालकले मनोरञ्जन कर भने बुझाएका छैनन् । स्पा सञ्चालक संघका संयोजक खान सेवाग्राही जुनबेला आउँछन्, त्यहिबेला सेवा दिनुपर्ने भएपनि स्पालाई मनोरञ्जनमा जोड्न नहुने बताउनुहुन्छ ।

कोशी प्रदेश आर्थिक ऐन २०८२ मा स्पालाई समेत मनोरञ्जन कर लाग्ने क्षेत्रमा राखेको छ । विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार डान्सबार, स्पा, मसाज, क्यासिनोले व्यवसाय कर ३५ हजार, मनोरञ्जन कर २० हजार वहाल कर स्थानीय तहमा बुझाउनुपर्ने बताउनुहुन्छ । तर, डान्सबार बाहेक स्पा र क्यासिनोले स्थानीय तहलाई वहाल तथा मनोरञ्जन कर बुझाउन मानिरहेका छैनन् ।
कोशी प्रदेश आर्थिक ऐन २०८२ अनुसार मनोरञ्जन कर स्थानीय सरकारको विभाज्य कोषमा जम्मा गर्नुपर्ने प्रावधान तोकेको छ । जसबाट प्रदेश संञ्चित कोषमा ४० प्रतिशत र ६० प्रतिशत स्थानीय तहमा बाँडफाँड हुने गर्दछ । कोशी प्रदेश राजस्व कार्यालयका प्रमुख बिदुर पौडेलका अनुसार आर्थिक ऐनले करका दर भन्दा पनि दायरा फकाकिलो पार्दै लगेको दावी गर्दछन् । आर्थिक ऐन २०८२ ले जुम्मा (वा सोही प्रकृतिको नाच), स्वीमिङ पुल, मसाज, पुल हाउस र फुटसललाई चालु आर्थिक वर्षदेखि मनोरञ्जन कर नलाग्ने प्रावधान राखेको जानकारी दिएका छन् । तर, यस अगाडी सञ्चालन रहेका आधारमा आर्थिक वर्ष २०८०÷०८१ र ०८१÷२०८२ को मनोरञ्जन कर बुझाउनुपर्ने छ ।

त्यसका लागि १० लाखसम्मको पूँजी लगानी भएका साना व्यवसायीले वार्षिक ७ हजारले, १० देखि ३० लाख मझौला लगानी भएकाले १० हजार र ३० लाख भन्दा बढी लगानी गरेका ठूला व्यवसायीले २० हजार प्रतिवर्ष बुझाउनुपर्ने हुन्छ । यसमा अघिल्लो वर्षको सबैलाई ७ हजार र गतवर्षको थप रकम राखिएको छ ।
त्यस बाहेक भिडियो घर, साँस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर, नाटक घर, दोहोरी साँझ र डान्स बार, नाईट क्लव, स्पा, डिस्को, नृत्यशाला, वा नाचघर, रोदीघर, गजल साँझका हकमा लगानीका आधारमा साना भए ७ हजार, मझौला १० हजार र ठूला २० हजार मनोरञ्जन कर बुझाउनुपर्ने उल्लेख छ । तर, अहिलेसम्म कसैले पनि यो कर भने बुझाएका छैनन् । राजस्व अधिकृत पौडेलका अनुसार आर्थिक ऐन २०८२ ले आगामी चैत मसान्तसम्ममा तीन आर्थिक वर्षको कर बुझाउने व्यवसायीलाई कुनैपनि जरिवाना नलिने गरी सुविधा तोकिदिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्