विराटनगर। विराटनगर स्थित दिल्लि पब्लिक स्कुलले शैक्षिक सत्र २०८३ का लागि नेपाल बोर्ड अन्तरगत कक्षा १ देखि ९ सम्म विशेष छात्रवृत्ति कार्यक्रमको सुचना प्रकाशित गरेकोछ ।
विद्यालय स्रोतका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित रहँदै आर्थिक रूपमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। छात्रवृत्ति अन्तर्गत छनोट भएका विद्यार्थीहरूले विद्यालयले प्रदान गर्ने व्यावहारिक तथा सिर्जनात्मक गतिविधिमा आधारित शिक्षा प्राप्त गर्नेछन्। विद्यालय प्रशासनका अनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले निर्धारित फाराम भरेर आवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा गरिने बताइएको छ। विद्यालयले विशेष गरी आर्थिक अवस्था कमजोर भएका तथा उत्कृष्ट शैक्षिक र अतिरिक्त क्रियाकलापमा संलग्न विद्यार्थीहरूलाई प्राथमिकता दिने जनाएको छ।
विद्यालयका प्राचार्यले भने, “हामी विद्यार्थीहरूलाई समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं र यो छात्रवृत्ति कार्यक्रम प्रतिभावान विद्यार्थीहरूकालागि एउटा सुनोलो अवसर हो।” छात्रवृत्ति कार्यक्रमबारे थप जानकारी चाहिने अभिभावक तथा विद्यार्थीहरूले विद्यालयको कार्यालय (०२१-४६५३९२) वा सम्पर्क नम्बर (९८२०७५६६०८) मा फोन गरी जानकारी लिन सक्नेछन्।