रङ्गेलीमा घुम्ती शिविरबाट नागरिकता, दुईजनाले आमाको नाम बाट लिए

<span class='c1'>रङ्गेलीमा घुम्ती शिविरबाट नागरिकता, दुईजनाले</span> <span class='c2'>आमाको नाम बाट लिए</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले आमाको नामबाट नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले इलाका प्रशासन कार्यालय रंगेलीमा नागरिकता घुम्ती शिविर आयोजना गर्दा २१ जनाले नागरिकताका लागि आवेदन दिएका थिए । जसमा दुईजना भने आमाको नामबाट नागरिकता पाउने छन् ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार घुम्ती शिविरबाट सेवाग्राहीहरुलाई सेवा दिने कार्य गरिएको हो । जिल्ला प्रशासन कार्यालयले उर्लाबारी इलाका प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय रङ्गेलीमा घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्दै लैजाने तयारी थालेको छ । जनताले विराटनगर गएर दुःख नपाउन् भन्नका लागि घुम्ती शिविरमार्फत नागरिकता वितरणको काम गरिएको दावी छ । इलाका प्रशासन कार्यालय रङ्गेलीबाट रङ्गेली नगरपालिका ६ का कपिल कर्मकार र विदुर कर्मकारले बुबाको मृत्यु भएकोले आमाको नामबाट नागरिकता लिएका हुन् ।

फुलोदेवी मिस्त्रीको नामबाट अङ्कृित नेपाली नागरिकताको प्रमाणपत्र दुईजना छोराले प्राप्त गरेका हुन्। उक्त नागरिकता जिल्ला प्रशासन मोरङका सहायक जिल्ला अधिकृत पवन राज कोईराला, र इलाका प्रशासन कार्यालय रङ्गेलीका प्रमुख प्रमुख रोशन अधिकारीले हस्तान्तरण गरेका थिए । अन्य २१ जनाको प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति भइसकेकोले उनीहरुलाई समेत नागरिकता उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्