विराटनगरमा ग्यास अभाव : प्रभावमा छन् चिया–नास्ता बिक्री गर्ने व्यवसायी

<span class='c1'>विराटनगरमा ग्यास अभाव : प्रभावमा</span> <span class='c2'>छन् चिया–नास्ता बिक्री गर्ने व्यवसायी</span>

स्वस्तिका भट्टराई
विराटनगर । विराटनगर बजारमा पछिल्लो केही समययता खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिएको छ। कृत्रिम अभाव भन्नाले भारतबाट आयात हुनुपर्ने परिमाणको ग्यास आइरहेको छ, उद्योगबाट उत्पादन भएर डिलरसम्म पुगिरहेको छ तर उपभोक्ताले चाहेका बेला ग्यास पाइरहेका छैनन् ।

यो अभावले ठूला होटलमा खास प्रभाव परेको अहिलेसम्म गुनासो सुनिएको छैन । तर, सडक छेउमा जीविकोपार्जनका लागि चिया–खाजा पसल चलाउने, एउटा सटरमा चिया, चना चिउरा बिक्री गर्ने साना व्यवसायीलाई भने नराम्रोसँग पिरलो दिएको छ । बजारमा ग्यास सहज नपाउँदा दैनिक गुजारा चलाउने व्यवसायीहरू पसल नै बन्द गर्नुपर्ने स्थितिमा पुगेको गुनासो गर्दछन्।
ग्यास अभाव हुनुको मुख्य कारण मध्यपूर्वमा चलिरहेको युद्ध र त्यसले ग्यास आपूर्तिमा पार्न सक्ने असरबारे सामाजिक सञ्जालमा फैलिएको गलत अफवाह हो । आपूर्ति बन्द हुने डरले सर्वसाधारणले घरमा भएका खाली सिलिन्डरहरू अग्रिम भरेर सञ्चित गर्न थालेपछि बजारमा कृत्रिम अभाव सिर्जना भएको छ । ग्यासको नियमित आपूर्तिमा समस्या नभए पनि अनावश्यक सञ्चयले गर्दा वास्तविक आवश्यकता भएकाहरूले ग्यास पाउन छाडेका छन्।

विराटनगर–१२ मा चिया नास्ता पसल सञ्चालन गर्दै आएकी सीता कार्कीले आफ्नो पीडा पोख्दै भनिन्, ूलाइन लाग्दा आधा सिलिन्डर ग्यास त पाइन्छ, तर व्यापार गर्ने समयमा लाइन बस्न जाँदा पसल कसले हेर्ने ? धेरै पैसा तिरेर सजिलै पाइने भए पनि किन्ने थिएँ, तर ग्यास पाउनै गाह्रो भइसक्यो। अब त पसल नै बन्द गर्नुपर्ने अवस्था आउन लागिसक्यो।ू सोही क्षेत्रमा विगत तीन वर्षदेखि व्यवसाय गरिरहेका रोशन आलेले पनि लामो लाइन बसेर मात्र ग्यास प्राप्त गरिरहेको बताए। मूल्यमा वृद्धि नभए पनि ग्यास प्राप्त गर्न भोग्नुपरेको सास्तीले व्यवसायमा अवरोध पुर्‍याएको उनको गुनासो छ।

त्यस्तै, १३ वर्षदेखि ठेलामा चिया बेच्दै आएकी स्मिता कामतले ग्यास अभाव हुँदा घर र पसलको सन्तुलन मिलाउन असहज भएको सुनाइन् । ‘ग्यास पाउन धेरै समस्या खेपिरहेका छौं’ उनले भनिन्। उनी गुनासो पोख्दै भन्छिन्, धन्न घरमा इण्डक्सन चुलो थियो नत्र त हामीलाई निकै समस्या हुने थियो।’ बजारमा व्याप्त यो कृत्रिम अभावका कारण दैनिक कमाएर खाने वर्ग सबैभन्दा बढी मर्कामा परेका छन्। सम्बन्धित निकायले बजार अनुगमन गरी अनावश्यक सञ्चय गर्ने र अफवाह फैलाउने कार्यलाई नियन्त्रण नगरे यो समस्या अझै जटिल बन्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्