विराटनगरमा जेन–जी युवाको प्रदर्शन, कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

<span class='c1'>विराटनगरमा जेन–जी युवाको प्रदर्शन, कार्की</span> <span class='c2'>आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग</span>

सोनु साह
विराटनगर । भदौ २३ र २४ मा भएका घटनाबारे जाँचबुझ गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गर्दै विराटनगरमा जेन–जी अभियन्ताहरूले प्रदर्शन गरेका छन्। विराटनगरका जेन–जी युवा समूहको आयोजनामा भएको उक्त प्रदर्शन पुरानो गुद्री क्षेत्रमा सम्पन्न भएको हो।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिवेदन सार्वजनिक नगर्नु सरकारमाथि शंका उत्पन्न गर्ने कार्य भएको आरोप लगाए। भीडको अग्रपंक्तिमा रहेका अभियन्ता माजिद अन्सारीले जेन–जी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखे।

उनले सरकारले प्रतिवेदन सार्वजनिक नगरे पुनः आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै सरकारका पछिल्ला गतिविधिप्रति आश्चर्य व्यक्त गरे। “सरकार अहिले अन्य काममा व्यस्त देखिन्छ, तर जेन–जी आन्दोलनको बलिदानलाई प्राथमिकतामा राखिएको छैन,” उनले भने। अर्का अभियन्ता दिपेन रायले पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न आग्रह गर्दै  जनताको विश्वास कायम राख्न पारदर्शिता आवश्यक रहेको बताए। प्रदर्शनका क्रममा “प्रतिवेदन खैरु” लगायतका नारा लगाउँदै युवाहरूले विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वमा बनेको आयोगको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक नगरे आन्दोलन अझै चर्किन सक्ने चेतावनी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्