मोरङमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन मोरङ प्रशासनको आग्रह

<span class='c1'>मोरङमा तीव्र हावाहुरीको चेतावनी, सतर्क</span> <span class='c2'>रहन मोरङ प्रशासनको आग्रह</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ ले मोरङ जिल्लामा आगामी दिन शनिबार देखि तीव्र हावाहुरी आउने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानका आधारमा चैत ७ गते शनिबार विशेषगरी विराटनगर सहित मोरङका विभिन्न क्षेत्रमा हावाहुरीको गति प्रतिघण्टा करिब ११० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। तीव्र हावाहुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने, विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। साथै, अघिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै यसपटक पनि सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रशासनले अत्यावश्यक बाहेक यात्रा नगर्न, हावाहुरी चलिरहेको बेला घरभित्रै सुरक्षित रहन, खुला स्थानमा नबस्न तथा रूख, पोल, टेलिफोन लाइन नजिक नजान अनुरोध गरेको छ। साथै, विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन समेत सुझाव दिइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्