विराटनगरमा श्रमदान गर्दै शमसान घाट सरसफाई

<span class='c1'>विराटनगरमा श्रमदान गर्दै </span> <span class='c2'> शमसान घाट सरसफाई</span>

विराटनगर । श्रम संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले श्रम सस्कृति पार्टी महानगर कार्य समितिको अगुवाइमा विराटनगर–६ स्थित केशलियाखोला किनारमा रहेको शमसान घाट क्षेत्रमा व्यापक सरसफाई गरिएको छ ।


उक्त श्रमदान कार्यक्रममा स्थानीय सामाजिक तथा सांस्कृतिक संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सुम्निमा सांस्कृतिक परिवार, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ र किराँत याक्खा छुम्माबाट प्रतिनिधिमूलक उपस्थिति जनाउँदै सामूहिक रूपमा सरसफाई अभियान सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
यसैगरी, मोरङ क्षेत्र नम्बर ४ र ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका कृष्ण कुमार अटल र मातृका पौडेलको समेत कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न मनकारी सहयोगीहरूबाट आर्थिक सहयोग तथा सहभागीहरूका लागि खाजा–पानी व्यवस्थापनमा सहयोग प्राप्त भएको बताइएको छ ।


श्रम सस्कृति पार्टी महानगर समितिले आगामी चैत्र १४ गते शनिबार बिहान पुनः सोही स्थानमा श्रमदान कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। समितिले विराटनगरवासी सम्पूर्णलाई उक्त कार्यक्रममा सहभागी भई श्रमदानमार्फत स्वच्छता अभियानमा योगदान गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्