राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को १८ औं स्थापना दिवसमा विविध कार्यक्रम

<span class='c1'>राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को</span> <span class='c2'>१८ औं स्थापना दिवसमा विविध कार्यक्रम</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औं स्थापना दिवस विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । नाबुन विराटनगर महानगर कमिटिको आयोजना तथा प्रदेश र केन्द्रको समन्वयमा रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा शनिबार बिहान हिमालय रोडमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।


त्यसैगरी, युनियनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगर–२ मा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत एक जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्ती गुरुङले जानकारी दिनुभयो ।

युनियनले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष आर्थिक रूपमा विपन्न र लगनशील विद्यार्थीहरूलाई आर्थिक सहयोग स्वरुप छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल लगायत प्रदेश तथा विराटनगर महानगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्