विराटनगर । विश्व हिन्दु परिषद नेपाल कोशी प्रदेश तथा युवा परिषद् विराटनगरले आगामी चैत्र १३ गते राम नवमी को अवसरमा विराटनगरमा वृहत मोटरसाइकल ¥याली आयोजना गर्ने भएको छ। परिषद्ले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र १३ गते राम नवमीमा बृहत मोटरसाईकल तथा चैत्र १९ गते हनुमान जन्मोउत्सवमा रथसहितको भव्य शोभायात्रा निकालीने जनाइएको छ ।

परिषद्का कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ता का अनुसार विगतका वर्षहरूझै यस वर्ष पनि कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गरिनेछ। हिन्दु धर्मप्रति आस्था अभिवृद्धि गर्ने उद्देश्यले विश्व हिन्दु परिषद युवा विभाग विराटनगर को समन्वयमा उक्त ¥याली निकालिने जनाइएको हो ।

मोटरसाइकल ¥याली विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिर बाट सुरु भई नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा सहभागी हुने भक्तजनहरूलाई अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न युवा परिषद्का संयोजक सन्दिप साहले जानकारी दिए । परिषद्ले आगामी चैत्र १९ गते हनुमान जन्मोत्सव को अवसरमा रथसहितको भव्य शोभायात्रा समेत निकालिने जानकारी दिएको छ । श्रद्धालु भत्तजनहरुलाई उक्त ¥याली र शोभायात्रामा सहभागिता जनाउन आयोजकले आह्वान गरेका छ ।