विराटनगर सहित मोरङको ५ स्थानमा भेटियो बर्ड फ्लु

<span class='c1'>विराटनगर सहित मोरङको ५</span> <span class='c2'>स्थानमा भेटियो बर्ड फ्लु</span>

विराटनगर । मोरङ जिल्लाका विभिन्न स्थानमा कुखुरामा लाग्ने बर्ड फ्लु संक्रमण एकपछि अर्को ठाँउमा देखा पर्दै जान थालेको छ । जिल्ला भित्रका पाँच वटा पोल्ट्री फर्ममा संक्रमण देखिएको पुष्टी भएको हो ।

विराटनगर–४ स्थित दाहाल कृषि फर्ममा आइतबार बर्ड फ्लु पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहले जानकारी दिनुभयो । यसअघि सुन्दरहरैचा–४ मा रहेको हलेसी महादेव कृषि फर्म, उर्लाबारी–८ को अठियावारी कृषि फर्म, कटहरी–२ स्थित ई टु जेड पोल्ट्री फर्म र कटहरी–६ को कामख्या पोल्ट्री फर्ममा पनि संक्रमण देखिएको उहाँले बताउनुभयो ।

प्रमुख साहका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका कुखुरा तथा अन्य घरपालुवा पन्छीजन्य वस्तुहरू नष्ट गर्ने र व्यापक रूपमा निसंक्रमण (डिसइन्फेक्सन) गर्ने काम भइरहेको छ । “संक्रमित क्षेत्रका मरेका पन्छी र तिनका मलमूत्रलाई सुरक्षित रूपमा खाल्डो खनेर नष्ट गर्ने कार्य जारी छ,” उहाँले भन्नुभयो, “यसले संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन मद्दत पुग्छ ।”

उहाँका अनुसार विराटनगरस्थित फर्मको विस्तृत प्रतिवेदन तयार गरी आवश्यक प्रक्रिया पूरा गरेर भोलि नष्ट गर्ने तयारी गरिएको छ । सम्बन्धित निकायले किसानहरूलाई सतर्क रहन र शंकास्पद अवस्थामा तुरुन्त जानकारी दिन आग्रह गरेको छ । विराटनगर बाहेक अरु स्थानमा देखा परेका कुखुराहरु सबै नष्ट गरिएको पनि साहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्