आज चैती छठ पुजा : विराटनगरका खोला तथा पोखरीहरु सजिदै

<span class='c1'>आज चैती छठ पुजा : </span> <span class='c2'>विराटनगरका खोला तथा पोखरीहरु सजिदै</span>

विराटनगर । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व चैती छठ पूजा आजदेखि सुरु भएको छ । यस अवसरमा भक्तजनहरूले आज अस्ताउँदो सूर्यलाई अर्घ दिने तथा भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने धार्मिक परम्परा रहेको छ ।


छठ पर्वलाई लक्षित गर्दै विराटनगरका विभिन्न नदी, खोला तथा पोखरीका घाटहरूमा सरसफाइ तथा साजसज्जाको काम तीव्र रूपमा अघि बढिरहेको छ । विशेषगरी सिघिया खोला र विराटनगर–रानी क्षेत्रमा रहेको मन्टा पोखरीमा श्रद्धालुहरूले स्वयंसेवी रूपमा लिपपोत, सजावट तथा घाट व्यवस्थापनको कार्य गरिरहेका छन् ।
स्थानीय बासिन्दा तथा पूजा समितिहरूको सक्रियतामा घाटहरूलाई सफा, सुन्दर र सुरक्षित बनाउने प्रयास भइरहेको छ ।


चार दिनसम्म मनाइने छठ पर्वमा व्रतालुहरूले कठोर नियम पालना गर्दै सूर्य देवताको उपासना गर्ने गर्दछन् । यस पर्वले सामाजिक सद्भाव, स्वच्छता र धार्मिक आस्थालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । विराटनगरमा यसपटक भने विगतको भन्दा यस वर्षको चैती छठ पूजा गर्नेहरुको संख्यामा वृद्धी भएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्