विराटनगरमा पनि धुमधामका साथ मनाए चैती छठ पुजा (फोटो फिचर )

<span class='c1'>विराटनगरमा पनि धुमधामका साथ मनाए चैती</span> <span class='c2'>छठ पुजा (फोटो फिचर )</span>

विराटनगर । तराईका जिल्लाहरुमा आज चैती छठ पर्व भव्य रुपमा मनाइएको छ । आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर वर्तालुहरुले भव्य रुपमा मनाएका छन् । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ दिएपछि चैती छठ विधिवत समापन हुने छ ।


चैती छठ विराटनगरको हाटखोला स्थित सिघीया खोला, रानीको मण्टा पोखरी, सुनसरी मोरङ सिचाई आयोजनाबाट बग्ने नहरमा श्रद्धालु भक्तजनको भिड लागेको थियो ।
चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहि आएको छ ।

 

चारदिनसम्म अत्यन्त निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ  दिइन्छ ।


आज सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ  दिने गर्दछन् ।  अर्घमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । ब्रतालुहरू जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्