विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–१, टंकीसिनवारीमा रहेको टंकीसिनवारी जुनियर जेसिजद्वारा “एरिया ‘ए’ बहु–शाखा रिपोर्ट लेखन तथा बैठक मिनेट लेखन तालिम” कार्यक्रम आयोजना गरिने भएको छ।
उक्त तालिम कार्यक्रम २०८२ चैत १३ गते बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म टंकीसिनवारी जुनियर जेसिज हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा ‘एरिया ए’ अन्तर्गत पर्ने करिब १५ वटा शाखाबाट मलङवा देखि भद्रपुरसम्मका शाखाका प्रतिनिधि तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
तालिममा सहभागीहरूलाई रिपोर्ट लेखन तथा बैठक मिनेट लेखनसम्बन्धी व्यावहारिक सीप विकास गराइने जनाइएको छ। यसले शाखा सञ्चालनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।
टंकीसिनवारी जुनियर जेसिजले यस्ता कार्यक्रममार्फत युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा टेवा पुर्याउँदै आएको छ।