विराटनगरमा महिलाको शव फेला, अनुसन्धान जारी

<span class='c1'>विराटनगरमा महिलाको शव</span> <span class='c2'>फेला, अनुसन्धान जारी</span>

विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय नजिकैको पूर्व पैनी क्षेत्रमा एक महिलाको शव फेला परेको छ।

स्थानीयवासीले शुक्रबार साँझ तन्नाले बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) लिलाराज लामिछाने को नेतृत्वमा पुगेको टोलीले शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्