विराटनगर चैत्र ११ ,
मोरङ उद्योग संगठनले कोशी प्रदेशमा पहिलोपटक ‘होम बिल्ड एक्सिविसन’ आयोजना गर्दैछ। चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा सञ्चालन हुने यो प्रदर्शनीले शहरलाई पाँच दिनसम्म निर्माण र आवासको रोमाञ्चक दुनियामा डुबाउनेछ।
प्रदर्शनीमा घर निर्माणका सुरक्षा र गुणस्तर, भूकम्पिय मापदण्ड, निर्माण सामाग्रीको गुणस्तर जाँच, विद्युत सुरक्षा र उर्जा दक्षता, अग्नि सुरक्षा प्रणाली, आधुनिक घरका वास्तु सिद्धान्त, इन्टेरियर डिजाईन, गार्डेन सजावट, घर अटोमेशन, छत चुहिने समस्या समाधान, र पुराना भवन सुदृढीकरण (रेट्रोफिटिङ) लगायतका थिम्याटिक सेसन राखिनेछ।
विभिन्न विज्ञहरूले सहभागीहरूलाई व्यावहारिक जानकारी र मार्गदर्शन दिने योजना छ।
मोरङ उद्योग संगठनले तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ।