डिग्री क्याम्पसका विद्यार्थीद्वारा पूर्वाञ्चल बाल सेवा आश्रमलाई सहयोग

<span class='c1'>डिग्री क्याम्पसका विद्यार्थीद्वारा पूर्वाञ्चल</span> <span class='c2'>बाल सेवा आश्रमलाई सहयोग</span>

विराटनगर। विराटनगरमा अवस्थित डिग्री क्याम्पसका बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले विराटनगर–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा करिब ९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका छन्।

विद्यार्थीहरूले आज आश्रमकी सञ्चालिका आमा सीता पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वमा विद्यार्थीहरूको पनि सहभागिता हुनुपर्छ भन्ने भावनाले प्रेरित भएर उनीहरूले आश्रमलाई सहयोग गरेको बताएका छन्। साथै, विद्यार्थीहरूले अन्य संघ–संस्थाहरूलाई समेत सहयोग गर्न अनुरोध गरेका छन्। डिग्री क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नै खाजाको रकम बचाएर आश्रमलाई सहयोग गरेका हुन्।

आश्रमकी सञ्चालिका सीता पोखरेलले आश्रम स्थापना भएदेखि हालसम्म कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी गराएकी छन्। डिग्री क्याम्पसका बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत २५ जना विद्यार्थीहरूले ९ हजार रुपैयाँभन्दा बढीको सहयोग गरेको विद्यार्थी नवीन पौडेलले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्