महेन्द्र चोकमा राजा महेन्द्रको शालिक पुनर्स्थापनाका लागि तदर्थ समिति गठन

<span class='c1'>महेन्द्र चोकमा राजा महेन्द्रको शालिक</span> <span class='c2'>पुनर्स्थापनाका लागि तदर्थ समिति गठन</span>

विराटनगर। महेन्द्र चोकमा ऐतिहासिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले राजा महेन्द्रको ऐतिहासिक शालिक पुनर्स्थापनार्थ तदर्थ समितिको गठन गरिएको छ। घनश्याम थापा मगरको संयोजकत्वमा गठित उक्त समितिको नाम “इतिहास तथा संस्कृति संरक्षण अभियान समूह” राखिएको छ।

समितिमा सभिना उप्रेती पोखरेल, निश्चल चन्द्र घिमिरे, मोहित लालवानी, संजय बाबु शर्मा, पशुपति साह, उत्तम दाहाल, विकल कार्की, रेवती रमण दाहाल र विक्रम कार्की सदस्य रहेका छन्।

समितिले इतिहासको पुनरुत्थान र संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ। युवाहरूले सम्पूर्ण नगरवासीलाई अपनत्वको भावना सहित इतिहास र संस्कृतिको जगेर्नामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। साथै, नगरको पहिचान जोगाउँदै ऐतिहासिक धरोहरको संरक्षणमा पहल गरिने पनि समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्