उद्घाटनपछि थन्कियो कोशी सरकारको ‘घुम्ती अस्पताल’ बस

<span class='c1'>उद्घाटनपछि थन्कियो कोशी सरकारको</span> <span class='c2'>‘घुम्ती अस्पताल’ बस</span>

सोनु साह
विराटनगर। कोशी प्रदेश सरकारले ठूलो प्रचारसहित सञ्चालनमा ल्याएको ‘घुम्ती अस्पताल’ सेवा भने सुरु गर्नै सकेको छैन । बस खरिद गरेर मुख्यमन्त्री कार्यालय अगाडी पार्किङमा राखिएको छ । झापाको कमल गाउँपालिकाबाट शुभारम्भ गरिएको उक्त सेवा अहिले प्रयोगविहीन बनेर थन्किएको हो।

प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको यो घुम्ती अस्पताल बसमा अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरिएको थियो। बसभित्र रेडियोलोजी सेवा, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन तथा परीक्षण गर्ने सुविधा उपलब्ध गराइएको थियो।

उद्घाटनका बेला यो सेवा गाउँ–गाउँसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। तर, अहिले स्वास्थ्य मन्त्रीदेखि मुख्यमन्त्रीसम्म कसैले पनि यसको सञ्चालनमा चासो नदेखाएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। उद्घाटन मात्र देखाउन हतार गरिएको हो कि अन्य कुनै स्वार्थ जोडिएको हो भन्ने आशंका समेत व्यक्त हुन थालेको छ। प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुका अनुसार उक्त बसमार्फत वर्षमा कम्तीमा ४ वटा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ। उनले औषधि खरिद प्रक्रिया जारी रहेको र बस किन थन्किएको हो भन्नेबारे बुझेर पुनः सञ्चालनमा ल्याइने बताए।


यस्तै, स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार करिब ८० लाख रुपैयाँ खर्च गरेर यो घुम्ती अस्पताल बस सञ्चालनमा ल्याइएको थियो। २०८२ साल पुष २५ गतेदेखि सञ्चालनमा आएको बस हाल विराटनगरस्थित शैलजा आचार्य कोशी प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रदेश सरकारले यसलाई नमुना परियोजनाका रूपमा अघि सारे पनि प्रभावकारी कार्यान्वयन नहुँदा अहिले सेवा नै ठप्प भएको छ। समयमै सञ्चालनमा नल्याइए यसले सरकारी स्रोतको दुरुपयोग भएको आरोप अझ चर्किने देखिएको छ। यस घुम्ती बसबाट अहिले सम्म मुख्यमन्त्री कार्कीको झापा निवार्चन क्षेत्रबाट ३६३ जनाले मात्र सेवा लिएका मन्त्रालयले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्