विराटनगर। विराटनगर–५, सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी स्कुल) मा आज विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ। सिनियर किन्डरगार्टेनबाट कक्षा १ मा उक्लने विद्यार्थीहरूलाई दिक्षित गरिएको हो।

समारोहमा विद्यालयका अध्यक्ष विवेक दाहाल र प्रधानाध्यापक दीपिका कोइरालाले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए। विद्यालयले साना बालबालिकाको सर्वाङ्गीण विकासका लागि विभिन्न सिर्जनात्मक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्कार, अनुशासन र सिपलाई मुख्य सिकाइको आधार बनाएर अगाडि बढिरहेको विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको छ।