विराटनगरको जुवा खालमा छापा, पेसेवर छोडेर भुरे खालमा प्रहरी

<span class='c1'>विराटनगरको जुवा खालमा छापा, पेसेवर</span> <span class='c2'>छोडेर भुरे खालमा प्रहरी</span>

विराटनगर । प्रहरीले विराटनगर–२ स्थित बंशी राठीको घरबाट शनिबार राती नौ जना तास खेलिरहेकालाई नियन्त्रणमा लियो । उनीहरुको साथबाट पाँच बुक तास र ९२ हजार ६४५ नगद बरामद गरेको जानकारी गराएको छ ।
विराटनगर–२ मा प्रहरी जहाँ छापा हान्यो, त्यहाँ पेसेवर जुवा चल्ने गरेको सूचना प्रहरीमा थियो । पृष्ठभूमिका हिसाबले पनि पेसेबर जुवा खेल्नेहरुको समूह रहेको भनिएपछि शनिबार राती प्रहरी छापा हान्नपुग्यो । तर, जहाँ पेसेबरहरु जुवा खेलिरहेका थिए, त्यहाँ छोडेर अर्को खालमा पुग्यो ।

प्रहरीले छापा हान्दा पक्राउ परेकाहरु सानो दाउमा रमाइलो गरिरहेका थिए । त्यहि परिसरमा अर्को पेसेबरहरुको जुवा चलिरहेको कुरा प्रहरीले पत्ता पाउन सकेन । सानो खालमा पुग्दा ठूलो खाल चलाउनेहरु उम्किए ।

पक्राउ परेकामध्ये बंशीका दाजु चुन्नु राठीले यसो कपीमा लेखेर तास खेलिरहेकाहरुलाई प्रहरी उठाएको सुनाए । त्यहि परिसरमा अर्को जुवा खाल चलिरहेको, तर त्यसमा प्रहरी प्रवेश गर्नु अगाडी नै सतर्कता अपनाएर सानो खाल देखाइएको भन्ने चर्चा बजारमा छ । यस बारेमा घरधनी चुन्नु राठीसँग बुझ्दा उनले भने–मैले छोडे, कोहि थिएन अरु ।

प्रहरी व्यापारिक घरानाका शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, शेरसिंह दुगड, विनीतलाल लालबनी र बलराम खत्रीलाई पक्राउ गरेको थियो । उनीहरु विरुद्ध कानुनी प्रक्रिया अनुसार कारवाही गरिएको छ । प्रहरीले छापा हान्नुपर्नेृ खालकै मान्छेहरु सानो खालमा पु¥याएछन्, एकजना जानकारले भने–ठूलो दाउ चलिरहेको ठाउँमा प्रहरी गएको थियो, भुरे दाउ टक्टक्याएर फर्किएछ । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले पक्राउ परेकाहरु विरुद्ध रितपूर्वक कानुनी कारवाही बढाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्