निर्वाचनको अघिल्लो रात, सुनसरीको इनरुवामा भएको घटना ढाकछोप

<span class='c1'>निर्वाचनको अघिल्लो रात, सुनसरीको</span> <span class='c2'>इनरुवामा भएको घटना ढाकछोप</span>

विराटनगर । सुनसरीमा फागुन २१ गतेको निर्वाचनको अघिल्लो रात भएको एउटा घटनालाई प्रहरीले शक्ति समूहसँगको मिलेमतोमा ओलझोल पार्ने प्रयास गरिरहेको खुलेको छ । विषय व्यक्तिगत भएपनि समूहमा मिलेर एकजना व्यक्तिमाथि निर्घात कुखुरी प्रहार गरेर रग्ताम्य पारेको घटना सामसुम पार्ने प्रयास गरिएको पीडितको गुनासो छ । यद्यपी प्रहरीले भने घटना भएको २६ दिनसम्म पनि यसमा पीडित को हो ? भन्ने यकिन गरिसकेको छैन ।

घटना अनुसार भोक्राहानरसिंह गाउँपालिका–५ का २३ वर्षीय रामबहादुर यादवलाई इनरुवा नगरपालिका ३ का शिवु भनिने महेन्द्र यादवसहित गोपाल, हरेराम, अजय यादवले खुकुरी प्रहार गरेर चोटग्रस्त बनाएका थिए । घटनाको पृष्ठभूमिको कारण भने शिवु यादवको सानीआमाकी छोरी र रामबहादुरबीचको प्रेम सम्बन्ध थियो । रामबहादुरलाई त्यो दिन शिवु यादवसँग भेटेर माफ माग्न उनको घरमा बोलाइएको थियो । एकजना व्यक्तिसँग मोटरसाइकलको पछाडी बसेर उनी घर नजिक पुगेको बताउँछन् । त्यहि क्रममा पिसाब आएर केराबारीमा उभिएका उनलाई शिवुसहितको टोलिले नियन्त्रणमा लिएको उनी सम्झन्छन् ।

त्यसपछि उनै शिवुको घरमा रामबहादुरलाई पु¥याएर मरणासन्न हुनेगरी आक्रमण भएको दावी छ । उनीहरुले नियन्त्रणमा लिएदेखि नै आफू बेहोस भएकाले कुनै जानकारी नभएको बताउँछन् । उनका बारेमा इनरुवा जिल्ला अस्पतालबाट दाजु सन्जयलाई फोन गरिएको थियो । यो रातीको १०ः१५ बजेतिरको समय भएको सन्जयले बताए । उनका अनुसार भाइलाई मार्ने उद्देश्यले आक्रमण गरेपछि आत्तिएर उनीहरुले प्रहरीलाई बोलाएका थिए । त्यसपछि प्रहरीले आफन्तलाई थाहै नदिई जिल्ला अस्पतालमा भर्ना गरेको थियो । जिल्ला अस्पतालले उपचार संभव नभएको बताएपछि विराट टिचिङमा राखेर उपचार गराइएको थियो । त्यहाँबाट भने दाजुले लिएर अस्पताल आएका थिए ।

तर, घटनापछिको स्थिति पनि बढो नाटकीय बनेको थियो । समूहका भएकाहरुले एकजना व्यक्तिलाई खुकुरीलगायतको धारिलो हतियार प्रहार गरेर गम्भीर घाईते बनाएका थिए । प्रहरीले भने गम्भीर घाईते भएका व्यक्तिलाई नै हतकडी लगाएर उपचारमा पठाएको दाजु सन्जय सम्झन्छन् । पीडित भनिएका रामबहादुर गाडीका चालक हुन् । उनको प्रेम सम्बन्ध भइरहेको कुरा थाहा पाएपछि शिवु यादवले उनलाई गत मंसिरमा अभद्र व्यवहारको कसुरमा पक्राउ गरेर थुनाएका थिए । अभद्र व्यवहार मुद्दाबाट छुटेलगतै उनी विरुद्ध अर्को मुद्दा पनि जोडियो, त्यो चोरीको गाडी प्रयोग गर्दै आएको भन्नेछ । उनका अनुसार गाडी अर्कै व्यक्तिको थियो । जुन कसैले चलाउन दिएको थियो । नियन्त्रणमा लिएको गाडी अहिले भन्सारमा बुझाइएको छ ।

लामो उपचारपछि उनी अहिले घरमा बसेर कानुनी लडाँई लड्न चाहिरहेका छन् । तर, ज्यान मार्ने उद्योग सम्बन्धी कसुर गरेका व्यक्तिहरुले उल्टै मुद्दा पनि लगेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्का घटनामा शिवु यादव भन्दा रामबहादुरको संलग्नता बढी देखिएको दावी गर्दछन् । तर, चोट चाँहि रामबहादुरलाई धेरै लागेका कारण मात्रै उनी पीडित हुन् भन्न सकिने बुझाई उनको छ ।
तर, परिस्थिति आंकलन गर्ने हो भने शिवु यादव इनरुवामा शिव ट्रेडिङ हार्डवेयर सञ्चालन गरेर बस्दै आएका व्यक्ति हुन् । उनको समूहको रजगजमा त्यहाँ केहि पत्रकारदेखि प्रहरीसम्म जोडिने गरेका छन् । त्यहि भएर योजनावद्ध ढंगले घटनालाई ढाकछोप गर्न पत्रकारको एउटा समूह र प्रहरी लागिपरेको पीडितको भनाई छ ।

पीडितका दाजु सन्जयका अनुसार घटना भएको समय बारे समेत फरक फरक धारणा रहेको थियो । डेरीबाट दुध समेत लिएर फर्कन भनिएका भाइलाई आफूले बेलुकाको ९ः०५ बजे फोन गर्दा रिसिभ गरेर कुराकानी भएको थियो । त्यसपछि १०ः१५ बजे भने अस्पतालबाट प्रहरीले फोन गरेर भाइको अवस्था चिन्ताजनक भन्दै आउन भनेको उनी सम्झन्छन् ।
तर शिवु यादवको घरको सिसी टिभी फुटेजमा भने रामबहादुर ७ बजेदेखि नै देखिएको र घटनापनि ९ बजे भन्दा अगावै भएको दावी छ । जबकी ९ः०५ मा दाजुसँग कुरा हुँदा घटना बारे कुनै जानकारी थिएन । त्यति मात्रै नभई घटना भएको भएपनि बोल्ने स्थितिमा हुने थिएन ।

यसले पनि घटनालाई नियोजित बनाउँदै पहुँचवालाको पक्षमा माहौल सिर्जना गरेको पीडितको दावी छ । पीडितका दाजु सन्जयले घटना दर्ता गरेर प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ, त्यसका लागि अहिलेको जिल्ला प्रहरीको टोलिले काम गर्न नचाहने बताए । त्यसैले उपल्लो निकायको प्रहरी टोलि परिचालन गरेर घटनाको सबै विषय अनुसन्धान गरेर सम्बन्धित घटनामा दोषी, जो भएपनि कारवाही हुनुपर्ने माग दाजुको छ ।
उनीहरुले मुलुकी अपराध संहिता २०४७ को परिच्छेद १२ को दफा १७७ अन्तरगर्तत ज्यान मार्ने उद्योग र संहिताको दफा १८६ नम्बर क्षतिपूर्ति तथा औषधी उपचार समेत खर्चको माग गरेका छन् । त्यतिको घाईते बनाउने गरी आक्रमण गरिएको भएपनि उपचार खर्च भने शिवु यादव समूहले नबुझाएको पीडितको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्