विराटनगरमा रोलकलका क्रममा बिरामी परेका हवल्दारको मृत्यु

<span class='c1'>विराटनगरमा रोलकलका क्रममा बिरामी</span> <span class='c2'>परेका हवल्दारको मृत्यु</span>

विराटनगर । विराटनगरमा रोलकलका क्रममा अचानक बिरामी परेका नेपाल प्रहरीका एक जना हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ घर भएका हवल्दार बैजुकुमार सहनीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहनी भोजपुरको प्रहरी चौकी दोभाने देउराली दरबन्दी भई कोशी प्रदेश प्रहरी गण विराटनगरमा सवारी चालकका रूपमा कार्यरत थिए ।

गणका प्रमुख (एसपी)बाट रोलकल लिने क्रममा साँझ ७ः३० बजेतिर आफूलाई पेट दुखेको भनेर सहनीले जानकारी गराएका थिए । तत्काल उपचारका लागि विराटनगरको विराट नर्सिङ लगिएको थियो । उपचारकै क्रममा राति ९ः२० बजेतिर हवल्दार सहनीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर बद्री दाहाल नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको छ । पोस्टमार्टमपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने छ ।साथै, नेपाल प्रहरीको झन्डा ओढाएर सम्मानसहित अन्त्येष्टिको तयारी गरिएको छ । दाहसंस्कारअघि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सहनीको शवमा नेपाल प्रहरीको झन्डा ओढाउने छन् ।

प्रहरीको ड्युटी सुरु हुनुअघि वा निश्चित समयसमयमा सबै प्रहरी कर्मचारीहरूलाई एकै ठाउँमा जम्मा पारेर गरिने उपस्थिति जाँच, सूचना आदानप्रदान र निर्देशन दिने प्रक्रिया रोलकल हो । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्