विराटनगरमा साइम्याक्स ब्यूटी क्लिनिकको उद्घाटन सम्पन्न

<span class='c1'>विराटनगरमा साइम्याक्स ब्यूटी</span> <span class='c2'>क्लिनिकको उद्घाटन सम्पन्न</span>

विराटनगर । विराटनगरको संसारी माइस्थान अगाडि “साइम्याक्स ब्यूटी क्लिनिक” को भव्य उद्घाटन सम्पन्न भएको छ। आधुनिक प्रविधि तथा विशेषज्ञ सेवासहित सञ्चालनमा आएको उक्त क्लिनिकले छाला तथा कपालसम्बन्धी समस्याहरूको समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन कार्यक्रममा पूर्वाञ्चल तथा कोशी प्रदेशबाट आएका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, beautician तथा विभिन्न ब्रान्डका कम्पनीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। क्लिनिकका संस्थापक तथा एस्थेटिसियन आकाश अग्रवाल दक्ष छाला सौन्दर्य हुनुका साथै नेपालका तर्फबाट “Asia’s Best Skin & Beauty Therapist 2021” बाट समेत सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँले उद्घाटन समारोहमा बोल्दै गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आधुनिक सौन्दर्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटनको अवसरमा विशेष छुटका साथै निःशुल्क स्किन एनालाइसिस जस्ता अफरहरू पनि सार्वजनिक गरिएको थियो।
साइम्याक्स ब्यूटी क्लिनिकले आगामी दिनमा सौन्दर्य तथा एस्थेटिक क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाउने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्