एभरेष्ट स्कुलको मन्टेश्वरी विद्यार्थीहरू दीक्षित

<span class='c1'>एभरेष्ट स्कुलको मन्टेश्वरी</span> <span class='c2'>विद्यार्थीहरू दीक्षित</span>

विराटनगर । विराटनगर–५ मा रहेको एभरेष्ट स्कुलको मन्टेश्वरी अन्तर्गत कक्षा १ बाट कक्षा २ मा स्तरोन्नति भएका विद्यार्थीहरूलाई मंगलबार दीक्षित गरिएको छ । विराटनगरको कञ्चनजङ्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थितिमा विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

स्कुलका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीहरूको शैक्षिक तथा व्यवहारिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्न तथा उनीहरूमा नेतृत्व क्षमता विकास गर्न विद्यालयले यस्ता क्रियाकलापहरूलाई प्राथमिकता दिएको जानकारी दिए । कार्यक्रममा सानाबालबालिकाहरुले नृत्य , गायन , तथा विभिन्न विषयमा भाषण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्