विराटनगर । विराटनगरमा चरनका लागि बाँधिएको खसी चोरी भएको छ । विराटनगर १२ मा तुलसा तामाङले चरनका लागि घाँस भएको जग्गामा खसी बाँधेकी थिइन् । तर, घरमा कोहि नभएको मौका छोपेर दुईजना व्यक्ति मिलेर मंगलबार दिउँसो २ बजे खसी तानेर लिएर गएको देखिन्छ । चलाखीपूर्ण तरिकारले सिसी टिभी फुटेजमा आफ्नो अनुहार नदेखियोस भनेर हातले छोपेको जस्तो समेत देखिएको छ ।
तामाङले फेसबुकमा लेखेकी छिन् ‘यी चोर हरुलाई विराटनगर ११÷१२ आसपास कतै देख्नु भएको अथवा चिन्नु भएको छ भने कृपया मलाई खबर गर्नु होला। यिनीहरूले हिजो दिउँसै २ बजे तिर मेरो घर बाट एउटा खसी चोरेर महेन्द्र मोरङ क्याम्पसको पछाडि (पश्चिम) पट्टिको नहरको बाटोबाट उत्तर तिर सगरमाथा स्कूल तिर गइरहेको देखिएको थियो।
एउटा को हात मा पट्टि लगाएको र कपाल पालेर पछाडि टुप्पी पारेको छ। घरमा कोहि नभएको मौका देखेपछि खसी फुत्ते फुस्काएर लगिएको छ । सुरुमा एकजनाले अगाडीअगाडी रेकी गरेको देखिन्छ । त्यसपछि अर्कोले खसी खुस्काएर तान्दैतान्दै लिएर गएको छ ।