नयाँ सरकारका सयबुँदे सुधार योजनामा विराटनगरवासी आश्वास्त

<span class='c1'>नयाँ सरकारका सयबुँदे सुधार</span> <span class='c2'>योजनामा विराटनगरवासी आश्वास्त</span>

स्वस्तिका भट्टराई

विराटनगर । नयाँ सरकार गठनसँगै विराटनगरका नागरिकले आसा जागृत भएको बताएका छन् । उनीहरुको आसाको पहिलो सञ्चार गर्ने विषय हो, सरकारले सार्वजनिक गरेको १०० बुँदे साशकीय सुधार योजना सम्बन्धमा सर्वसाधारणहरूमा ठूलो उत्साह र सकारात्मकता देखिएको छ। आम नागरिकहरू यस पटकको सरकारले अघि सारेका योजनाहरू सफल हुनेमा ढुक्क देखिएका छन्। केहि नागरिकहरु भने आफु आँखा बन्द गरेर भरोशा गर्न नसक्ने पनि बताउछन् ।

विराटनगर ११ मा बस्दै आएका मकर राईले सरकारका पछिल्ला कदमहरू हेर्दा काम हुनेमा आफू निकै आशावादी रहेको बताए । उनले भने, ‘अहिलेसम्म हेर्दा, केही गर्लान् जस्तो देखिएको छ। म यस कार्ययोजनालाई लिएर निकै उत्साहित छु।ू विशेष गरी सरकारी सेवामा सुधार र राहदानी घरमै पुर्‍याउने जस्ता योजनाहरूले जनताको दैनिक जीवनमा ठूलो परिवर्तन ल्याउने उनको बुझाइ छ।

त्यस्तै विराटनगर ११ मै बस्दै आएका घनश्याम सोनार भन्छन, “यस पटकको १०० बुँदे योजना विगतको भन्दा भिन्न र व्यावहारिक त छ। तर पहिले पनि यस्ता योजनाहरु नल्याएका त हैनन् अब पुरा गर्छन कि गर्दैनन् भनेर चाँही अहिले भन्न सकिदैन । अब भर्खर त सरकार बन्दै छ केहि समयपछि थाहा हुन्छ, पुरा हुन्छ या हुदैन भनेर ।” आफु आशावादी भएपनि पूर्ण विश्वाश चाँही अझै नभएको उनि बताउछन् ।

त्यस्तै विराटनगर १२ मा बस्ने अर्का खेमराज कार्कीले पनि सरकारको योजनालाई समर्थन जनाएका छन। उनि भन्छन, “यसपटकको सरकारले जे भन्छ त्यो पक्कै गर्छ। सरकार बनेकै दिन देखि आफ्नो कार्य सुरु गरिसक्यो, हामीलाई थाहा नै छ । यसपालिका कार्य योजना हरु केवल कागजमा मात्र नभई कार्यन्वयन मा पनि देखिने छन् ।” उनका अनुसार राहदानी सहजै उपलब्ध गराउने देखि सेवा प्रवाहमा सुधार गर्ने कुराहरू केवल आश्वासन मात्र होइनन्, यी पुरा हुने ठोस योजनाहरू हुन्। “म यो सरकारप्रति निकै विश्वास गर्छु कि यो कार्ययोजनाले नेपालको नेपालको विकासले निकै गति लिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्