भुजेल समाज सेवा समिति विराटनगरको २०८३ को भित्ते पात्रो सार्वजनिक

<span class='c1'>भुजेल समाज सेवा समिति विराटनगरको</span> <span class='c2'>२०८३ को भित्ते पात्रो सार्वजनिक</span>

विराटनगर । भुजेल समाज सेवा समिति विराटनगरद्वारा नयाँ वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा उक्त पात्रो सार्वजनिक गरिएको हो।

कार्यक्रमका अवसरमा समाजले सीप र कलाको प्रोत्साहन गर्दै आजीवन सदस्यहरुलाई सम्मानसमेत गरेको थियो। साथै कार्यक्रममा विभिन्न जातीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो, जसले समाजबीच सहकार्य र एकताको सन्देश दिएको थियो।

कार्यक्रममा भुजेल समाज सेवा समिति विराटनगरका अध्यक्ष गोपाल भुजेलले नयाँ वर्षको अवसरमा प्रकाशित भित्ते पात्रोले समाजका गतिविधि, संस्कार र पहिचानलाई उजागर गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि समाजलाई संगठित गर्दै विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू अघि बढाउने प्रतिबद्धता जनाए।
त्यसैगरी प्रमुख अतिथि नागेश कोईराला ले भुजेल समाजले सामाजिक एकता र सांस्कृतिक संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता गतिविधिले समुदायबीच सकारात्मक ऊर्जा फैलाउने बताए। उनले स्थानीय सरकार सदैव यस्ता सामाजिक संस्थासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।


कार्यक्रमले नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै समाजबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने सन्देश दिईने समाजका उपाध्यक्ष पुर्ण भुजेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्