विराटनगरमा सिनेफोटोग्राफी तथा इडिटिङ तालिम

<span class='c1'>विराटनगरमा सिनेफोटोग्राफी तथा</span> <span class='c2'>इडिटिङ तालिम</span>

विराटनगर । फोटोग्राफर संघ मोरङको आयोजनामा विराटनगरमा सिनेफोटोग्राफी तथा इडिटिङ सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानमा फोटोग्राफी व्यवसाय गर्दै आएका ४६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिममार्फत उनीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको संघले जनाएको छ ।


कार्यक्रमबारे जानकारी दिँदै संघका अध्यक्ष पुरन राईले फोटोग्राफी क्षेत्रमा क्रियाशील व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताए। “प्रविधिको तीव्र विकाससँगै सिनेफोटोग्राफी र इडिटिङको माग बढ्दो छ। त्यसैले व्यवसायिक रूपमा काम गरिरहेका फोटोग्राफरहरूलाई अझ दक्ष बनाउन यो तालिम आयोजना गरिएको हो,” उनले भने।

तालिमका प्रमुख प्रशिक्षक काठमाडौंका विज्ञ ओमप्रसाद प्रसाईंले सहभागीहरूको उत्साह र सिक्ने इच्छाशक्ति प्रशंसनीय रहेको बताए। “दुई दिनको छोटो अवधिमा पनि सहभागीहरूले सिनेफोटोग्राफी र इडिटिङका आधारभूतदेखि केही उन्नत पक्षहरू राम्रोसँग आत्मसात गरेका छन्। । निरन्तर अभ्यासले उनीहरूलाई अझ सक्षम बनाउनेछ,” उनले बताए। कार्यक्रम आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्