बिराटनगर। मोरङमा व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि आधारभूत ट्रेड युनियन शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
नेपाल व्यापार कर्मचारी संघ मोरङको आयोजनामा विराटनगर–४ स्थित एक होटलमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने जिल्ला अध्यक्ष अनुज राज गिरिले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा कर्मचारीहरूको हक–हित, ट्रेड युनियनको भूमिका तथा संगठन सुदृढीकरणका विषयमा प्रशिक्षण दिइएको थियो।
सोही अवसरमा नेपाल व्यापार कर्मचारी संघको नगर समिति पनि गठन गरिएको छ। नवगठित नगर समितिको अध्यक्षमा सुनिता बुढाथोकी चयन भएकी छन्।