विराटनगर। विराटनगर–४ मा रहेको ह्यापी आवर रेस्टुरेन्ट र माछापुच्छ्रे बैंक लिमिटेड बीच औपचारिक सहकार्य सम्झौता सम्पन्न भएको छ।
यस सहकार्यअनुसार बैंकका कर्मचारी तथा कार्डधारकहरूले रेस्टुरेन्टमा सेवा लिँदा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। आज आयोजित एक कार्यक्रममा दुवै पक्षबीच सहकार्य पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा रेस्टुरेन्टको तर्फबाट निर्देशक विवेक दाहाल र बैंकको तर्फबाट विराटनगर शाखाको ब्रान्च म्यानेजर उज्ज्वल पाण्डेले हस्ताक्षर गरेका थिए। सहकार्यले बैंकका ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय खानपान सेवामा सहज पहुँच प्रदान गर्ने विश्वास लिइएको छ।
साथै, ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउँदै स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। रेस्टुरेन्टका निर्देशक दाहालले यस्तो सहकार्यले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने र सेवा विस्तारमा सहयोग पुग्ने बताए। उनले आगामी दिनमा थप आकर्षक योजनाहरू ल्याउने तयारीसमेत रहेको जानकारी दिए।