विराटनगर । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले चैत्र २३ गतेसोमबारेदेखी लागुहुने गरी विहान ९ बजेदेखी ५ बजेसम्म सरकारी कार्यलय संचालन गर्ने निर्णय गरेसँगै विराटनगर महानगरपालीकाका कर्मचारीहरु समय मै उपस्थित भएका छन् ।

आज आवर विराटनगरले सोमबार विहान ९ बजेको समयमा विराटनगर महानगरपालीकामा पुगेर गरेको रिपोर्टिङ्गको क्रममा अधिकास कर्मचारीहरु समयमा नै उपस्थित भएका दृष्य देखिन्थे । त्योसँगै सेवाग्राहीहरु पनि विहानै सेवा लिन आईपुगेका देखिन्थे । अधिकास कर्मचारीहरुले सरकारले गरेको यो निर्णय प्रति स्वागतयोग्य रहेको धारणा व्यक्त गरे ।

मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उललेखित कार्यालयहरुको कार्यालय समय विहान ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ ।