सिटिजन्स बैंक घोटालासँग जोडियो विराटनगरका मिटरब्याजीको कनेक्सन, उजुरीपछि चेक फिर्ता गरिदैं

<span class='c1'>सिटिजन्स बैंक घोटालासँग जोडियो विराटनगरका मिटरब्याजीको</span> <span class='c2'>कनेक्सन, उजुरीपछि चेक फिर्ता गरिदैं</span>

विराटनगर । बैंक भित्रै रकम अपचलनको प्रकरण विवादित बनेपछि त्यसको जिम्मेवारी लिएर कबुल गरेकी रोजी कँडेल विरुद्ध बैंक बाहिरको अर्को मिटरब्याजी समूहको कारोबार जोडिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको ४ करोड ९१ लाख रुपिँयाको अपचलनको आरोपमा कँडेल अहिले अनुसन्धान बाहिर रहेकी छिन् ।

उनलाई प्रहरीले पक्राउ गर्नुपूर्व नै फरार छिन् । उनी फरार भएपछि भने उनीसँगै जोडिएर परिवारमा ठोकिएको ५ करोड ६० लाख रुपैँयाको कारोबार सार्वजानिक भएको छ । जुन कारोबार अवैध रुपमा हुने मिटरब्याजसँग जोडिएको छ । यो कारोबारमा रोजी कँडेलका माइती पक्षका बुबा राजन कँडेल, उनकी आमा, भाई र बुहारी समेतको चेक मिटरब्याजी समूहसँग पुगेको छ ।

तर, यातायात व्यवसायी रहेका कँडेलले मिटरब्याजीसँग कारोबार गर्नुनपर्ने स्थितिमा समेत उनको, उनकी श्रीमतीको र छोराबुहारीको नाममा रहेको एकाउन्टको चेक कसरी मिटरब्याजी समूहसम्म पुग्यो भन्ने कुरा रहस्यमयी नै छ । यस अगाडी बैंक घोटाला प्रकरणमा विवाह भएको घरतर्फबाट धितो राखेर रोजीको कारोबार मिलाइएको थियो । अहिले मिटरब्याजीहरुको समूहसँग भएको कारोबारमा भने माइती पक्षका परिवारसँग मेलमिलाप गर्ने तयारी समेत गरिएको छ ।
रोजीका बुबा राजन कँडेलले आफूहरुलाई मिटरब्याजको जन्जालमा पारिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा ५ जनाविरुद्ध ‘अनुचित लेनदेन’ (मिटरब्याज) मुद्दामा किटानी जाहेरी दिएका थिए । विराटनगरका एजाज अहमद, विष्णु कुमार साह, आशिष निरौला, भोलेनाथ गुप्ता र प्रवीन जैनलाई प्रतिवादी बनाउँदै उनीहरूले ५ करोड ६० लाख रुपैयाँ माग गरेर मानसिक आतङ्क सिर्जना गरेको दाबी गरिएको छ ।

यीमध्ये धेरै विराटनगरमा जानेगुनेका मिटरब्याजी हुन् । धेरैका विरुद्ध यस अगाडी पनि प्रशासनिक प्रश्न उठिसकेको छ । आरोपितमध्ये प्रविन जैनले छोरीसँग कारोबार भएको कुरा स्वीकार गर्दै भने, ‘बुबासँग सहमति गर्ने चरणमा छौं ।’ उनीहरुसँग कँडेल परिवारका चारजनाको आठ वटा चेक रहेका थिए । जुन चेक बाउन्स गराएर उनीहरुले राजन कँडेललाई दवाव दिइरहेका थिए । तर, कँडेलले आफूसँग कारोबार नै नभएको र चेकमा उल्लेख भएको रकम कहिंकहिल्यै नलिएको अडान राखेपछि कारोबारीले चारवटा चेक फिर्ता गरिदिएका छन् । बाँकी चारवटा चेकको विषयमा समेत सहमति गरेर फिर्ता गर्ने प्रक्रिया बढाएका छन् ।

कँडेलले कहाँ ? कसरी र कुन तरिकाले कारोबार गरिएको हो आफूलाई थाहा नभएको बताए । उनले छोरीबाट कसरी परिवारका अन्य सदस्यको चेक कारोबारीसम्म पुग्यो भन्ने पनि यकिन नभएको बताए । कारोबार भएको पहिलो पक्ष (जसको चेक अन्य व्यक्तिसँग छ) नै अन्यौल रहेको यो घटना प्रहरीसम्म पुगेपछि भने दोस्रो पक्ष अचानक लचक देखिएको छ ।
कारोबारीमध्येका जैनले भने, म भारतमा थिएँ, यहाँ उजुरी परेपछि फर्किएर मिलाउन लागिरहेका छौं । उनले सहमति गरेर आन्तरिक कुरा आफैं मिलाउन तयार छौं । यता कँडेलले आफ्नो परिवारको नाममा रहेका चेकहरु फिर्ता दिने क्रम जारी रहेको बताएका छन् । उनले चारवटा चेक फिर्ता पाएको र बाँकी चेक समेत फिर्ता पाउनेमा आफू विश्वस्त रहेको बताए । चेकहरु फिर्ता पाएसँगै प्रहरीमा हालेको उजुरी समेत आफूले फिर्ता लिने बताएका छन् ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले भने, बैंकको रकम अपचलन गरेको अभियोग लागेकी रोजी कँडेल अहिलेसम्म फरार रहेको बताएका छन् । उनले यो घटना अझै झ्याँगिदै गएकोले यसका भित्रै तथ्यहरु केलाउने काम भइरहेको बताएका छन् ।

बैंकले कँडेल विरुद्ध एकल उजुरी दिएको छ । यद्यपी बैंककै आन्तरिक छानविन प्रतिववेदनले पाँचजना कर्मचारीलाई दोषी देखाएर उनीहरुलाई निलम्बन गरेको छ । बैंकले जाहेरी दिने र आन्तरिक प्रतिवेदनमा त्रुटी देखाउने विषय समेत परस्पर बाझिएको छ ।

बैंक भित्रैबाट मिटरब्याजी कारोबार हुन्थ्यो भन्ने चर्चा बजारमा चलिरहँदा रोजी कँडेल फरार भएसँगै मिटरब्याजमा धन्दा चलाउनेहरु सलबलाउनुले त्यसको पुष्टि गर्न झन् सहज बनाएको देखिन्छ । बजारमा बैंकका शाखा प्रबन्धक अभिषेक अग्रवालदेखि कोशी प्रदेश कार्यालयका प्रमुखसम्मको नाम बैंक घोटालामा संलग्न रहेको सूचीमा चर्चा गरिने गरिएको छ । बैंकबाट पैसा झिक्ने र मिटरब्याजमा लगाउने गरेको भनाईका बीच रोजीसँग जोडिएर मिटरब्याजीहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्