कोशी अस्पताल विराटनगरमा आयो एन्टीरेबिज खोप

<span class='c1'>कोशी अस्पताल विराटनगरमा</span> <span class='c2'>आयो एन्टीरेबिज खोप</span>

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आजदेखि पुनः एन्टीरेबिज खोप सेवा सञ्चालनमा आएको छ। केही हप्तादेखि अस्पतालमा उक्त खोप अभाव भएपछि बिरामीहरूले समस्या भोग्दै आएका थिए।

अस्पतालले यसअघि रोग महामारी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त हुने एन्टीरेबिज भ्याक्सिन उपलब्ध नभएकाले सेवा अस्थायी रूपमा बन्द गरिएको सूचना जारी गरेको थियो। खोप अभावका कारण बिरामीहरू अन्यत्र धाउन बाध्य भएका थिए भने गुनासो पनि बढ्दै गएको थियो।

यसै विषयमा सञ्चारमाध्यमले निरन्तर समाचार प्रसारण गरेपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको र आजदेखि पुनः खोप सेवा सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार खोप उपलब्ध गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको छ। अस्पतालले अब आवश्यक परेका बिरामीहरूलाई नियमित रूपमा एन्टीरेबिज खोप सेवा लिन आउन अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्