सरकारले दिएको दुईदिन विदा सदुपयोग गर्ने मनस्थितिमा विद्यार्थी

<span class='c1'>सरकारले दिएको दुईदिन विदा</span> <span class='c2'>सदुपयोग गर्ने मनस्थितिमा विद्यार्थी</span>

सोनु साह
विराटनगर । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विराटनगरका विद्यार्थीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। अधिकांश विद्यार्थीहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले चुनौती र प्रभावकारिताबारे प्रश्न उठाएका छन्। विराटनगरस्थित पूवि कलेज अफ ल का विद्यार्थी रोशन गुरुङले सरकारले लागू गरेको दुई दिने बिदा विद्यार्थीको हितमा महत्वपूर्ण निर्णय भएको बताए।

उनका अनुसार अब विद्यार्थीहरूले अतिरिक्त क्रियाकलाप तथा व्यवहारिक ज्ञान हासिल गर्न थप समय पाउनेछन्, जसले समग्र विकासमा टेवा पुर्‍याउनेछ। त्यस्तै, कानुन संकायका विद्यार्थी कुशल भट्टराईले निर्णय स्वागतयोग्य भए पनि यसको प्रभावकारिता चुनौतीपूर्ण हुन सक्ने बताए। उनले विगतमा बिदाको समय प्रभावकारी रूपमा प्रयोग नभएको उल्लेख गर्दै अब थपिएको बिदालाई परिणाममुखी बनाउन सरकार र विद्यार्थी दुवै सचेत हुनुपर्नेमा जोड दिए।

छात्रा सुनिता दाहालले दुई दिन बिदा हुँदा गृहकार्य र प्रोजेक्ट तयार गर्न सहज भएको बताइन्। उनका अनुसार अतिरिक्त समयले अध्ययनको दबाब कम भएको छ र विद्यार्थीहरूलाई व्यवस्थित रूपमा काम गर्न मद्दत पुगेको छ। दोस्रो वर्षका विद्यार्थी राजीप कार्कीले सरकारको निर्णय स्वीकार गर्नु आवश्यक रहेको बताउँदै बिदालाई सीपमूलक सिकाइतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिए। उनले बिदाको समयलाई सदुपयोग गरे समाज र देशमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

एलजिना थापाले पनि निर्णयप्रति सहमति जनाउँदै कक्षाकोठा बाहिरको व्यवहारिक ज्ञान सिक्नका लागि यो अवसर उपयोगी हुने बताइन्। उनका अनुसार विद्यार्थीको समग्र विकासका लागि यस्तो व्यवस्था आवश्यक छ। कानुन संकायकै विद्यार्थी रिचन तिमल्सिनाले यो निर्णय नेपालमा दोस्रो पटक लागू भएको उल्लेख गर्दै प्रशासनिक खर्च घटाउने र विद्यार्थीको मानसिक दबाब कम गर्ने पक्षमा यसले सहयोग पुर्‍याउने बताए। उनले निर्णयलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

यता, लोकेन्द्र श्रेष्ठले भने नेपालमा पहिलेदेखि नै बिदा धेरै हुने गरेको उल्लेख गर्दै थप बिदाले विशेष उपलब्धि नदिने बताए। उनले विशेषगरी विद्यालय तहका विद्यार्थीको पठनपाठनमा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरे। सरकारले चैत २१ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट देशभर लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उक्त निर्णयअनुसार सरकारी कार्यालय, बैंक, सरकारी विद्यालय तथा विश्वविद्यालयहरूमा दुई दिन बिदा लागू भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्