विराटनगर विमान स्थलमा आपतकालीन अवस्थाको पूर्वतयारी अभ्यास

<span class='c1'>विराटनगर विमान स्थलमा आपतकालीन</span> <span class='c2'>अवस्थाको पूर्वतयारी अभ्यास</span>

विराटनगर । विराटनगर विमानस्थलमा आपतकालीन अवस्थाको पूर्वतयारीस्वरूप पूर्व अभ्यास (ड्रिल) सम्पन्न गरिएको छ । सम्भावित दुर्घटना वा आकस्मिक परिस्थितिमा प्रभावकारी उद्धार तथा समन्वयलाई सुदृढ बनाउने उद्देश्यले बुधबार विहान अभ्यास गरिएको हो ।


अभ्यासका क्रममा विमानस्थलभित्र आगलागी, आपतकालीन अवतरण तथा यात्रु उद्धारसँग सम्बन्धित विभिन्न परिदृश्य प्रस्तुत गरिएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अन्य सम्बन्धित निकायका ४ सय भन्दा बढीको सहभागितामा संयुक्त रूपमा अभ्यास सञ्चालन गरिएको थियो ।

विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार यस्ता अभ्यासले आपतकालीन अवस्थामा सरोकारवाला निकायबीच समन्वय र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने गर्दछ। “पूर्व अभ्यासले कुनै पनि आकस्मिक घटना घट्दा तुरुन्तै आवश्यक कदम चाल्न सहयोग पुग्छ,”। उनका अनुसार यस्तो अभ्यास प्रत्येक २ वर्षमा ‘फूल एक्सरसाइज’ तथा १ वर्ष र ६ महिनामा ‘पार्सियल एक्सरसाइज’ गर्दै आएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्