मोरङबाट लागूऔषध ब्राउन सुगर र चरेससहित १ जना पक्राउ

<span class='c1'>मोरङबाट लागूऔषध ब्राउन सुगर र</span> <span class='c2'>चरेससहित १ जना पक्राउ</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित एक घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा क्रममा सोही स्थानमा बस्दै आएका करिब २० वर्षीय विनोद मगरलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले खानतलासी गर्दा कोठाभित्र लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर ५७० मिलिग्राम र चरेस १.३० मिलिग्राम फेला पारी बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रहरीले लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्