कार्टुनमा बालबालिकाको बढ्दो लत, क्षमता विकासमा दिर्घकालिन असर

<span class='c1'>कार्टुनमा बालबालिकाको बढ्दो लत,</span> <span class='c2'>क्षमता विकासमा दिर्घकालिन असर</span>

स्वस्तिका भट्टराई
विराटनगर । प्रविधिको बढ्दो विकास संगसंगै मानिसहरुको डिजिटल ग्याजेटतर्फको आकर्षण बढ्दो छ । विशेष गरि साना बालबालिकामा मोबाइल फोन र कार्टुनप्रतिको लगाव धेरै नै देख्न सकिन्छ । दुबैजना काम गर्ने र व्यस्त अभिभावक भएर बच्चा लाई समय दिन नसक्नु बालबालिकाको विद्युतीय ग्याजेट प्रतिको लगावको बढ्दो कारण हो ।

अनमोल स्पेसल एजुकेशन सेन्टरकी फाउन्डर तथा प्रिन्सिपल संगीता न्यौपाने भन्छिन, बच्चालाई आफ्नो समयको साटो मोबाइल र टेलिभिजनको भरमा एक्लै समय बिताउन छोडिने प्रवृत्तिले कार्टुन प्रतिको लगाव बढेको हो । सानो उमेरदेखि नै आफ्नो समय बिताउने र खेल्ने साथी विद्युतीय साधनलाई पाएको हुनाले त्यसप्रति उनीहरुको लगाव बढ्दै जान्छ र लत बस्ने सम्भावना हुन्छ ।

न्यौपानेका अनुसार, सानो उमेरमा बच्चाहरुलाई प्रकृति र माटोसंग खेल्न दिनु पर्ने समय हो । यसले उनीहरुको सीप विकास क्षमता वृद्धिमा मद्दत पुर्याउँछ । साथै अभिभावक संग समय बिताउनाले बालबालिकाको समाजमा घुलमिल हुन सक्ने क्षमताको विकास हुन्छ । तर, प्रकृति र माटोबाट टाढा र अभिभावकको समय नपाउदा उनीहरुको कलिलो मस्तिस्कमा गहिरो प्रभाव पर्न जान्छ । बिस्तारै बच्चाहरु एक्लै बस्न रुचाउन थाल्छन । त्यस्तै कार्टुनमा प्रयोग हुने रंग, आवाज र छिटो छिटो परिबर्तन हुने दृश्यले पनि सकारात्मक भन्दा नकारात्मक प्रभाव पुर्याइरहेको हुन्छ ।

बिशेष क्षमता भएका बालबालिकामा त मोवाइलको असर अझै धेरै पर्ने र अभिभावकको माया र समय अझै धेरै चाहिने उनि बताउछिन । उनि भन्छिन ‘एक दिनमा आधा घण्टा सम्म समय बालबच्चाले कार्टुन र मोबाइलमा समय बिताउनु सामान्य मानिन्छ । तर १ घण्टा भन्दा बढी समय दिन थाले भने हामी यसलाई लत मान्न सक्छौ । उनका अनुसार कार्टुन र मोबाइलको बिकल्पमा अभिभावकहरु व्यस्त भए पनि खाना बनाउदा आफुसंगै किचनमा लगेर खेल्न दिन सकिन्छ । घरको गार्डेनमा समय बिताउन सकिन्छ । यदि घरबाट काम गरिन्छ भने किताब र कपि संग खेल्न दिन सकिन्छ । यस्तो बनि लगाउनाले बच्चाहरुको बिकासमा विशेष सहयोग पुर्याउछ । कार्टुननै हेर्न दिइन्छ भने पनि अभिभावक साथमा बसेर केहि समय हेर्न दिन सकिन्छ, तर बच्चालाई एक्लै लामो समय छोड्नु भने उपयुक्त नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्