समायोजन नहुँदै इन्धनमा मूल्यबृद्धि भएपछि विराटनगरका यातायात व्यवसायी चिन्तामा

<span class='c1'>समायोजन नहुँदै इन्धनमा मूल्यबृद्धि भएपछि</span> <span class='c2'>विराटनगरका यातायात व्यवसायी चिन्तामा</span>

विराटनगर । मध्यपूर्व तनावले इन्धनमा भारी मूल्यबृद्धि भएपछि सरकारले सार्वजानिक यातायातको भाडादर समायोजन गरेको छ । सरकारले अहिले समायोजन गरेको भाडादर २०८१ पुस २२ गते तय गरिएको भाडादरलाई आधार मानेर भएको हो ।

पछिल्लो समय सरकारले ३० रुपिँया प्रतिलिटर इन्धनको मूल्य बृद्धि गरेपछि सार्वजनिक यातायातको भाडामा १६.७१ प्रतिशत वृद्धि गर्दै नयाँ दर कायम गरिएको थियो । यो भाडादर कार्यन्वयन हुने चरणमा रहेको छ । तर, पुनः इन्धनको मूल्यमा बिहीबार राती भारी बृद्धि भएको छ । यसले यातायात व्यवसायीलाई भने के गर्ने नगर्ने बनाएको चिन्ता व्यक्त गर्दछन् ।
सरकारले नयाँ भाडा दर कायम हुँदा अन्तरप्रदेशीय रुटमा सञ्चालन हुने सवारी साधनको समायोजन भएको थियो । यसरी सरकारले लागु गरेको नयाँ भाडादर अनुसार कोशी प्रदेशमा पनि नयाँ भाडादर लागू गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिका अनुसार स्थानीय बस स्ट्यान्डको न्यूनतम भाडा २७ रुपैयाँ निर्धारण गरिएको छ। तर, व्यवसायीले भने भाडा समायोजन नहुँदै पुनः इन्धनमा मूल्यबृद्धि गरिएपछि त्यसको मारमा पर्नु परेको गुनासो गरिरहेका छन् । पूर्व नेपाल यातायात व्यवसायी संघका व्यवसायी राजु धमलाले अब महासंघले गर्ने निर्णयका आधारमा आफूहरु अगाडी बढ्ने बताएका छन् । उनका अनुसार अहिले लामो तथा छोटो दुरीको भाडादर निम्नानुसार समायोजन भएर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गमा २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाइएको छ । डिजेलको मूल्य पहिलो वर्गमा २०५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासमा पनि उल्लेख्य वृद्धि गरिएको छ । अब ग्यासको मूल्य प्रतिग्यास सिलिण्डर २०१० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो मूल्यको तुलनामा १०० रुपैयाँले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्