महेन्द्रचौकमा जेठ ३० गते महेन्द्रको सालिक राख्ने घोषणा, प्रशासन भन्छ अनुमतिविना पाईदैन

<span class='c1'>महेन्द्रचौकमा जेठ ३० गते महेन्द्रको सालिक</span> <span class='c2'>राख्ने घोषणा, प्रशासन भन्छ अनुमतिविना पाईदैन</span>

विराटनगर । विगत लामो समयदेखी विराटनगरको महेन्द्र चौकमा राजा महेन्द्रको सालिक राख्ने भन्ने कुरा बेलाबेलामा उठ्दै आएको थियो । तर कानुनी प्रावधानका कारण स्वतस्फुर्त रुपमा व्यक्तिगत र सस्थागत रुपमा त्यसै राख्न नपाइने भएका कारण त्यतिकै स्थगित रहेको थियो ।

महेन्द्र चौकमा शालिक राख्ने भनेर विभिन्न समिति तथा उपसमिति पनि बने तर त्यसलाई आधिकारिक रुपमा राख्ने आट भने गरेनन् । २०६२/६३ सालको जनआन्दोलनमा महेन्द्र चौकका सालिक तोडफोड गरि फालियो । त्यसपछि महेन्द्र चौकमा विना महेन्द्रको सालिक त्यतिकै रहिआएको छ । राजावदाीहरुले हाल राजाको तस्वीर अंकित पोष्टर टासेका छन् । आन्दोलनपछि त्यसलाई जनआन्दोलन नामाकरण पनि गरियो । कतिपयले जनआन्दोलन भन्दै आएका छन् भने कतिपयले महेन्द्र चौक नै भन्छन् ।विराटनगरमा रहेको सनातन युवा मंचले सालिक स्थापना गर्ने घोषणा गरेको छ । मंचका अध्यक्ष नवराज ढकालको समुहले बिहीबार मात्रै विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी जेठ ३० गते स्थापना गरिने जनाएका छन् । उक्त दिन पूर्व राजा महेन्द्रको जन्मोउत्सव भएकाले सोही दिन स्थापना गरिने ढकालले जानकारी दिएका छन् ।

सालिक निर्माणका लागि १० लाख रुपैयाँ खर्च हुने भएका कारण विभिन्न संघ सस्था तथा आमसर्वसाधरणहरुबाट आर्थिक सहयोग जुटाई सालिक बनाउने योजना बनाईएको सनातन युवा मंचले जनाएको छ । तर यता राज्यसँग स्वीकृति नलिकन ऐन र कानुन विपरित पूर्वराजा महेन्द्र शाहको सालिक निर्माण गर्न नपाईने मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनले भने, ‘‘अहिले सम्म सालिक राख्ने भनेर हामीलाई कुनै पनि आधिकारिक जानकारी आएको छैन’’। यस्तो विषयमा राज्यसँग अनुमति लिनुपर्ने भएकाले हामीसँग समन्वय नगरि यसरी राख्न पाईनेछैन ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्