विराटनगरको डिग्री क्याम्पसले पायो एलएलबी अध्यापन अनुमति

<span class='c1'>विराटनगरको डिग्री क्याम्पसले पायो</span> <span class='c2'>एलएलबी अध्यापन अनुमति</span>

स्वस्तिका भट्टराई
विराटनगर । यसवर्ष देखि डिग्री क्याम्पस विराटनगरमा पनि ३ वर्षे एलएलबी पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले बिहीबार जारि गरेको सूचना अनुसार त्रि.वि. को प्राज्ञिक परिषदको चैत्र २४ को निर्णय अनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएको हो ।

यसअघि त्रिभुवन विश्ववियालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरु मध्ये कोशी प्रदेशमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा मात्र एलएलबी पढाई हुँदै आएको थियो । त्रिभुवन विश्ववियालयले शैक्षिक सत्र २०८२÷०८३ का लागि तिन वर्षे स्नातक एलएलबी प्रथम वर्षमा भर्नाका लागि सिट संख्या सहितको सूचना जारी गरेको छ ।

त्रिविको जारि सूचना अनुसार प्रवेश परीक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पस धरानका लागि ३०० सिट र डिग्री क्याम्पस विराटनगरका लागि ३०० सिट गरि कोशी प्रदेशमा जम्मा ६०० सिट उपलब्ध गराईएको छ । अध्ययन गर्न इच्छुक विद्यार्थीले त्रिवि कानुन संकायको वेबसाइटमा गएर अनलाइन फारम भर्न सक्ने छन ।

फारम भर्ने मिति चैत्र ३० गते सोमबार देखि जेठ ७ गते बिहीबारसम्म रहेको छ । आवेदकले फारम भर्दा आफुले चाहेको क्याम्पस छनौट गरि आवेदन फारम भर्नु पर्नेछ र पछि क्याम्पस परिवर्तन गर्न पाइने छैन । फारम सम्बन्धि सम्पूर्ण जानकारी त्रिभुवन विश्वविद्यालयको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्