विराटनगर । विराटनगर १० मा रहेको स्थित ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा विदाई गरेको छ । कलेजका प्रिन्सिपल दिनेश दाहालका अनुसार आगामी कक्षा १२ को परीक्षा दिन तयारीमा रहेका विज्ञान र व्यवस्थापन संकायका करिब ५५० विद्यार्थीलाई एक समारोहबीच विदाई गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कलेजका अध्यक्ष रविन्द्र घिमिरेले मायाको चिनो समेत वितरण गरेका थिए । कार्यक्रममा आन्तरिक कलेजको परीक्षा तथा खेलकुदहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान पनि गरिएको थियो ।

विदाई समारोहमा सहभागी विद्यार्थीहरूले आफ्ना अनुभव र भावना व्यक्त गरेका थिए। साथै, नृत्य तथा गायन प्रस्तुतिमार्फत कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जन बनाएको थियो। कार्यक्रममा कलेज संचालक शिक्षक शिक्षिका तथा विदाई भएर जाने विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

