स्रोत नखुलेको नगदसहित सुनसरी बाट दुई जना पक्राउ

<span class='c1'>स्रोत नखुलेको नगदसहित सुनसरी</span> <span class='c2'>बाट दुई जना पक्राउ</span>

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका ९ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर ५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्