विराट गोल्डकपको उद्धघाटनमा खेलमा झापा सेमिफाइनलमा प्रवेश, आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै

<span class='c1'>विराट गोल्डकपको उद्धघाटनमा खेलमा झापा सेमिफाइनलमा प्रवेश,</span> <span class='c2'>आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै</span>

विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा – ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै झापा समिफाईनलमा पुगेको हो । झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे । उनी खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पाए । उनले खेलको १० औँ र ४४ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । पराजित आर्मीका तर्फबाट खेलको २३ औँ मिनेटमा नवीन लामाले एक गोल मात्रै फर्काए ।


प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए । वैशाख ५ गतेसम्म चल्ने यस रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब गरी ८ टिमको सहभागिता छ । आजको खेल ’ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।
रात्रिकालीन खेल साँझ ६ः ३० बजे सुरु हुने आयोजकले जनाएका छन् । आजको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ, किनकि मैदानमा एकातर्फ ‘ए’ डिभिजनको वर्तमान शक्ति चर्च ब्वाइज हुनेछ भने अर्कातर्फ विराट गोल्डकपको पूर्वविजेता एपीएफ रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्