स्टार्टअप र साना उद्यमीका लागि विराटनगरमा तीन महिने इन्क्युबेसन कार्यक्रम

<span class='c1'>स्टार्टअप र साना उद्यमीका लागि</span> <span class='c2'>विराटनगरमा तीन महिने इन्क्युबेसन कार्यक्रम</span>

स्वस्तिका भट्टराई
विराटनगर । स्टार्टअप र साना तथा मझौला उद्यमीहरूका लागि ३ महिने ‘व्यवसाय इन्क्युबेसन कार्यक्रम’ सञ्चालन हुने भएको छ । कोशी प्रदेशका स्टार्टअप र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा यस्तो कार्यक्रम संचालन हुने भएको हो ।

उद्योग सङ्गठन मोरङ अन्तर्गतको इन्क्युबेसन केन्द्रले औद्योगिक उद्यम विकास प्रतिष्ठान सँगको साझेदारीमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमले उद्यमीहरूलाई व्यावसायिक ज्ञान, विशेषज्ञ मेन्टरशिप र लगानीको अवसरसम्म पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

यो कार्यक्रममा सहभागी हुनका लागि कम्तीमा ६ महिनादेखि सक्रिय रूपमा सञ्चालनमा रहेका र दर्ता भएका स्टार्टअप वा साना तथा मझौला उद्यमहरू हुनुपर्नेछ । साथै, महिला उद्यमी, ३५ वर्ष मुनिका युवा, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका व्यवसायीहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

इच्छुक उद्यमीहरूले मिति २०८३ वैशाख ११ गते, साँझ ५ ः ०० बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका साथमा व्यक्तिगत विवरण, व्यवसाय दर्ता प्रमाणपत्र, व्यवसायको संक्षिप्त विवरण र फोटो अपलोड गर्नुपर्नेछ । थप जानकारीका लागि तीनपैनीस्थित उद्योग सङ्गठन मोरङको सचिवालय वा संस्थाको वेबसाइट बाट विवरणहरू प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्