स्वस्तिका भट्टराई
विराटनगर । नयाँ वर्षलाई लक्षित गर्दै विराटनगरका होटल तथा रेस्टुरेन्टहरुमा सांगीतिक साँझ संचालन हुने भएको छ । नयाँ वर्षको अवसरमा विराटनगरका होटल तथा रेस्टुरेन्टहरुले राष्ट्रिय कलाकारहरुसहित सांगीतिक साँझ मनाउने भएका हुन् ।
नयाँ वर्ष मनाउन होटल तथा रेस्टुरेन्टमा डायीन गर्न जाने परिवारको अनुभव अझ राम्रो र रमाइलो बनाउने उद्देश्यले संचालकहरुले यस्तो मनोरन्जनात्मक कार्यक्रम संचालन गर्ने भएका हुन् ।
विराटनगरको रेस्टुरेन्ट ह्याप्पी आवर हेभनमा आज साँझ गायक भास्कर सेनले आफ्नो दमदार प्रस्तुति दिदैछन् । त्यस्तै भोलि बेलुका प्रसिद्ध गायक गायिकाहरु सुरेश फुयाल र निशा कार्कीले आफ्नो प्रस्तुति दिनेछन् ।
त्यस्तै जैन भवन ग्राउन्डमा भोलि द स्याडोज, रक हेड्स र दि फिरन्ते जस्ता प्रसिद्द ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहेको छ ।
त्यस्तै विराटनगरकै अर्को रेस्टुरेन्ट तृष्णाले पनि ग्राहकहरुको साँझ लाई विशेष बनाउने उद्द्येश्यले सांगीतिक साँझ मार्फत चर्चित गायकहरु डिजे डायिनामीट्स, सुभम र डिजे विप्लवको प्रस्तुति राखेको छ । साथै अर्को प्रसिद्ध बिग होटलले पनि चर्चित कलाकारहरु इन्दिरा कला राई, संस्कृति ब्याण्ड र सूरज ब्याण्ड लाई प्रस्तुतिको लागि निमंत्रना गरेको छ।
यसबाहेक विराटनगरका अन्य रेस्टुरेन्ट तथा होटलहरुमा पनि आज र भोलि साँझ विभिन्न सांगीतिक कार्यक्रम गरि धुमधामका साथ नंया वर्ष मनाउने तयारी गरिदै छ ।