विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा नम्बर ७ ले ज्येष्ठ नागरिकहरूलाई सम्मान र विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री समेत वितरण गरेको छ । गाउँपालिकाले वडाका ज्येष्ठ नागरिकहरूलाई ब्याग प्रदान गर्दै उनीहरूको अनुभव र योगदानको सम्मान गरेको हो ।

यस्तै, वडाभित्रका आर्थिक अवस्था कमजोर भएका र पढाइमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप कापी, कलम लगायतका स्टेशनरी सामग्री प्रदान गरिएको छ । ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै अध्यक्ष चौधरीले पालिकाले सधैँ अभिभावकहरूको सम्मान र संरक्षणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई सँगसँगै अगाडि बढाएको भन्दै स्थानीयले गाउँपालिकाको यस कार्यको प्रशंसा गरेका छन् ।

